राजनीति


ट्रम्प भन्छन्ः भारतले हामीसँग खासै राम्रो व्यवहार गर्दैन

ट्रम्प भन्छन्ः भारतले हामीसँग खासै राम्रो व्यवहार गर्दैन

नेपालखबर
फागुन ७, २०७६ बुधबार ६:२७,

तर भारत भ्रमण गर्न अगाडि ट्रम्पले भारतले अमेरिकासँग राम्रो व्यवहार नगर्ने बताएका छन्।

ट्रम्पले फेब्रुअरी २४ र २५ मा भातरको भ्रमण गर्ने तय भएको छ। सोही विषयमा जानकारी दिनका लागि ट्रम्पले मंगबार वासिङ्टनमा पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मनपराउने तर भारतले भने अमेरिकासँग राम्रो व्यवहार नगर्ने बताएका थिए।

ट्रम्पले भनेका छन्,‘भारत हामीसँग खासै राम्रो व्यवहार गर्दैन। तर म मोदीलाई मन पराउँछु।’ यसअघि गतवर्ष हुने भनिएको ट्रम्पको भारत भ्रमण व्यापारमा उत्पन्न विवादका कारण ट्रम्पले भारत आउन अस्वीकार गरेका थिए।

ट्रम्पले आफू भारतसँग व्यापारको विषयमा निराश भएको बताएका थिए। ट्रम्पले पत्रकारहरुसँग भारत भ्रमणका क्रममा अमेरिका भारतबीच महत्वपूर्ण व्यापार सम्झौता हुनसक्ने पनि बताए।

ट्रम्पले भने,‘हामी भारतसँग व्यापार सम्झौता गर्नसक्छौं। तर म यो ठूलो सम्झौता भविष्यको लागि सुरक्षित गर्दैछु। हामी भारतसँग एक ठूलो सम्झौता गर्न गइरहेका छौं। हामीय यो सम्झौता गर्छौं तर यो नोभेम्बरको चुनावको अगाडि हुन्छ या हुँदैन थाहा छैन। यद्यपी सम्झौता भने हुनेछ।’

अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार साझेदार राष्ट्र हो। सन् २०१९ को पहिलो तीन महिनामा अमेरिकाले भारतमा ४५.३ अर्ब डलरको सामाग्री निर्यात गरेको थियो।

यस्तै अमेरिकाले भारतबाट ६५.६ अर्ब डलरको उत्पादन सेवा आयात गरेको थियो। दुवैदेशबीच ११०.९ अर्ब डलरको व्यापार भएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad