७० औँ प्रजातन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
१०४ वर्ष लामो जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा स्मरण गरिन्छ।
नेपालमा राणा शासनको अन्त्य भई वि.सं.२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो।
७० औँ प्रजातन्त्र दिवसका अवसरमा आज देशभर विविध कार्यक्रम हुँदैछ। जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको स्मरण गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ सालमा बलिदानी दिएका थिए।
प्रजातन्त्र दिवसका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ।
कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ।
प्रजातन्त्र दिवसका अवसरमा देशका विभिन्न ठाउँमा प्रभातफेरि सहितका कार्यक्रम गरिएका छन्।

प्रतिक्रिया