समाज


अनलाइन सट्टेवाजी खेलाउने १५ जना बाँकेमा पक्राउ

अनलाइन सट्टेवाजी खेलाउने १५ जना बाँकेमा पक्राउ

नेपालखबर
बैशाख ९, २०८१ आइतबार २१:२०, काठमाडौँ

बाँकेको नेपालगञ्जबाट अनलाइन सट्टेबाज खेलाउने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीबाट विभिन्न अनलाईन माध्यमको प्रयोग गरि सट्टेवाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका ६ का ३८ वर्षीय विराज पौडेल, २० वर्षीय सास्वन पाठक, बाँकेको खजुरा गाउँपालिका १ का ३८ वर्षीय ईश्वर राणा, ३७ वर्षीय टोपबहादुर थापा, मोरङको मिक्लाजुङ गाउँपालिका ६ का २५ वर्षीय ईसाक लिम्बु, १९ वर्षीय सुदेश राई, २२ वर्षका रोशन दनुवार र खोटाङको ऐसेलुखर्क गाउँपालिका ६ का २७ वर्षीय प्रविण राई रहेका छन्।

यस्तै इलामको इलाम नगरपालिका ९ का ३३ वर्षीय पर्शुराम दर्जी, सिरहाको सिराहा नगरपालिका ७ का २३ वर्षीय राकेश कुमार यादव, पर्साको वीरगञ्ज नगरपालिका १४ का ३१ वर्षीय सुरेन्द्र चौधरी, उदयपुरको चौदण्डिगढी ८ का ३२ वर्षीय भास्कर मगर, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ का २६ वर्षीय दिपेन्द्र केसी, गोरखाको अजुरकोट गाउँपालिका ४ का २९ वर्षीय रुपक कोइराला र पर्बतको त्रिवेणी गाउँपालिका २ का ३५ वर्षीय सुन्दर राणा पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेवाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेव पोर्टल मार्फत आईपीएल लगायत खेलहरूमा अनलाईन सट्टेवाजी गराएको प्रहरीको दाबी छ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .