समाज


राति यी तीन प्रदेशमा हावाहुरी चल्ने सम्भावना

राति यी तीन प्रदेशमा हावाहुरी चल्ने सम्भावना

फाइल फाेटाे


नेपालखबर
बैशाख ८, २०८१ शनिबार २२:५, काठमाडौँ

आज (शनिबार) राति पनि तीन प्रदेशमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना देखिएको हो। 

महाशाखाले शनिबार साँझ जारी गरेको बुलेटिनअनुसार कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

रातिलाई वर्षाको सम्भावना भने देखाइएको छैन।  

शनिबार दिउँसो पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी चलेको थियो। 

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .