समाज


उपत्यकाको सफाइका लागि प्रदेश सरकारले १२ ब्रुमर दिने

उपत्यकाको सफाइका लागि प्रदेश सरकारले १२ ब्रुमर दिने

नेपालखबर
असार १६, २०७६ सोमबार १२:१०,

 प्रदेश ३ को सरकारले काठमाडौं उपत्यकाको सफाइका लागि १२ वटा धूलो उठाउने ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समयभित्रै १२ वटा ब्रुमर उपलब्ध गराउने घोषणा गरेका हुन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा हुने सडकको भीडलाई उचित व्यवस्थापन गर्न १० वटा आकाशेपुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताए। काठमाडौंका जनताले प्रदेशको राजधानी कहाँ भनि खोज्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले उनीहरुको घरघरमा सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनका लागि ३० करोड रुपैयाँ हस्तान्तरण पनि गरेका थिए। सर्वसाधरणलाई सस्तोमा यातायात सेवा उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासँगको सहकार्यमा काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने कामलाई अघि बढाइएको पनि मुख्यमन्त्री पौडेलको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .