ad ad

समाज


सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव

सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव

नेपालखबर
बैशाख ५, २०८१ बुधबार ६:१९, काठमाडौँ

सोलुखुम्बुको लिखुपिके गाउँपालिका-१ पिके आधार शिविरमा मंगलबार चौंरी महोत्सव सुरु भएको छ।

याक तथा चौंरी व्यवसायी सङ्घले आयोजना गरेको उक्त महोत्सव आगामी बिहीबारसम्म सञ्चालन हुनेछ।

चौंरी किसानलाई सम्मान, चौंरी र जलवायुसम्बन्धी अन्तर्क्रिया, पिकेमा पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण, याक तथा चौंरी व्यवसायी सङ्घको वेबसाइट सञ्चालन, याक तथा चौंरी प्रदर्शनी, याक डान्ससहित विविध सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षण रहने याक तथा चौंरी व्यवसायी सङ्घका जिल्ला अध्यक्ष ठुतोपदोर्जी शेर्पाले बताए।

उनले भने, ‘चौंरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुर्ख्यौली पेशा हो । तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौंरीपालन घट्दो क्रममा छ । यसलाई बचाउन महत्सवले केही टेवा पुग्ने विश्वास छ।’

पिके क्षेत्रको पर्यटन प्रवर्द्धन र गाउँमै आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने उद्देश्यले चौंरी महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। पिके क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले हरेक वर्ष जनैपूर्णिमाको समयमा पिकेमा यर्ज्याङ अर्थात कुलपूजा गर्छन्।

उनीहरूले याकलाई कुलदेवताको रूपमा पुज्छन् । त्यसकारण पिके क्षेत्र पर्यटकीय मात्र नभएर धार्मिक रूपमा पनि महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .