ad ad

समाज


सेती नदीको १ सय ५० मिटर गहिरो खोँचबाट सशस्त्रले निकाल्यो युवकको शव

सेती नदीको १ सय ५० मिटर गहिरो खोँचबाट सशस्त्रले निकाल्यो युवकको शव

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १७:१९, काठमाडौँ


सेती नदीमा डुबेर बेपत्ता कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवाका २५ वर्षीय जगत पुनको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।

यही वैशाख १ गतेबाट हराइरहेका पुनको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको १ सय ५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो निकालेको हो।

वैशाख १ गतेदेखि हराएका उनको शव सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित  नं. २४ कालिका गणलाई खबर गरेका थिए।
खबर प्राप्त भएपश्चात खटिएको गोताखोरले सेती नदिको १ सय ५० मिटर गहिरो खोँचबाट पुनको शव निकालेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाएको छ। सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .