ad ad

समाज


अझै भेटिएनन् यूएईमा भवनबाट खसालेर पत्नीको हत्या गरेको आरोप लागेका नेत्र न्यौपाने

अझै भेटिएनन् यूएईमा भवनबाट खसालेर पत्नीको हत्या गरेको आरोप लागेका नेत्र न्यौपाने

फाइल तस्बिर : नेत्रप्रसाद न्यौपाने पत्नी राधाका साथमा।


नेपालखबर
बैशाख १, २०८१ शनिबार ७:५१, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) मा भवनबाट खसेर पत्नीको मृत्यु भएपछि फरार एक नेपाली अझै भेटिएका छैनन्। 

नेपाल ठेगाना अर्घाखाँची भएकी राधा न्यौपाने गत चैत २५ गते यूएईको अजमानस्थित चाइना मलको भवनबाट खस्दा उनको मृत्यु भएको थियो। 

त्यसयता सम्पर्कविहीन भएका कैलाली ठेगानाका नेत्रप्रसाद न्यौपानेले नै पत्नी राधालाई धकेलेको आरोप लागेको छ। 

घटनालगत्तै प्रहरीले खोजी गरिरहेको भए पनि अहिलेसम्म उनलाई फेला पार्न नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका अध्यक्ष भीम मल्ल ठकुरीले नेपालखबरलाई जानकारी दिए। 

‘(नेत्रले) अर्काको श्रीमती लिएर आएका रहेछन्, सधैँ झगडा भइरहने रहेछ, बूढाले रक्सी खाने रहेछन्’, उनले भने, ‘त्यस दिन पनि झगडाकै क्रममा झ्यालबाट (राधालाई नेत्रले) फालिदिएको भन्ने कुरो छ, तर अनुसन्धानकै क्रममा छ।’ 

चैत २५ गते भवनबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। 

राधा नेत्रको दोस्रो पत्नी थिइन्। राधा यूएईमा ब्युटिपार्लरको काम गर्थिन् भने नेत्र एजेन्टको काम गर्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .