ad ad

समाज


काठमाडौँमा बिजुलीको तार भूमिगत गरिँदै, प्रधानमन्त्रीले गर्दैछन् शुभारम्भ

काठमाडौँमा बिजुलीको तार भूमिगत गरिँदै, प्रधानमन्त्रीले गर्दैछन् शुभारम्भ

नेपालखबर
फागुन ५, २०७६ सोमबार २:५१,

विद्युत प्राधिकरणले आज (सोमबार) देखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको सुरुआत गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे महाराजगञ्जस्थित प्रहरी तालिमकेन्द्र अगाडिबाट यो कामको शुभाराम्भ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरलाई जानकारी दिए।

पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ।

बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो।

पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको योजना छ।

यसको लागि एसियाली विकास बैंक एडिबीले सहुलियतपूर्ण ॠण सहयोग गरेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .