समाज


निर्वाचन विधेयक तत्काल संसद्‌मा लैजान्छौँ : गृहमन्त्री लामिछाने

निर्वाचन विधेयक तत्काल संसद्‌मा लैजान्छौँ : गृहमन्त्री लामिछाने

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०८० आइतबार १५:३२, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद्‌मा पेस गर्ने बताएका छन्।

आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसद्‌मा पेस गर्ने बताए।

निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसंगतिको समस्या हल हुने र राजनीतिक दलहरू र सिंगै मुलुकको लोकतन्त्र बलियो हुने विश्वास उनले व्यक्त गरे।

आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयकहरू संसद्‌मा पेस गरेर चाँडो भन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको पनि आयोगसमक्ष राखेको उपप्रधानमन्त्री लामिछानेले बताए।

उनले राजनीतिक दल र निर्वाचनसँग सम्बन्धित खराब व्यवस्था संशोधन नगरे विद्यमान विकृतिको अन्त्य नहुने बताए। लामिछानेले निर्वाचनको मिति कानुनमै उल्लेख हुनुपर्ने पनि उल्लेख गरे।

विदेशमा रहेकालाई मताधिकार दिनु भन्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न नसकिएकोप्रति पनि उनले चासो राखे।

उम्मेदवारको प्राइमरी इलेक्सन, अर्ली भोटिङ, मौन अवधिमा हुने अधिक चलखेल, आउँदा चुनावमा आर्टिफिसियल इन्टिलिजेन्स् (एआई)ले दिन चुनौतिबारे पर्याप्त बहस चलाउन पनि उनले आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .