ad ad

समाज


राशिफल २१ चैत : यस्तो छ आज तपाईंको भाग्य

राशिफल २१ चैत : यस्तो छ आज तपाईंको भाग्य

पण्डित नारायणप्रसाद दुलाल
चैत २१, २०८० बुधबार ४:४०, काठमाडौँ

आज बुधबार, २१ चैत २०८० (३ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ८०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझावअनुसार अघि बढ्दा अधिक सफलता मिल्नेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

वृष : पुनर्मिलनको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सामाजिक उत्तरदायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

भाग्यशाली रङ हरियो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५८, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कामको सुरुआत गरेमा आर्थिक संकटबाट मुक्ति पाइनेछ। तामसिक भोजन नगर्नु होला।

मिथुन : दिन माध्यम नै रहनेछ। लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। साँझमा पैसा खर्च हुन सक्छ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ४०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा अप्ठेरो काम पनि सहजै सम्पन्न हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

कर्कट : चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। नयाँ र शुभ कार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७१, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। गुलाबी रङको प्रयोग उचित छैन।

सिंह : दिन भाग्यशाली भएर देखा पर्नेछ। शुभ चिन्तकले पूर्ण साथ दिनेछन्। शिक्षामा सफलता मिल्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। सरकारी निकायको भय रहनेछ, सावधान रहनुहोला।

भाग्यशाली रङ सेतो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५२, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ३५ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा आर्थिक उल्झनबाट बचिएला। कालो रङको प्रयोग उपयुक्त छैन।

कन्या : विद्या र बुद्धिको विकास हुनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्य क्षेत्रमा उत्साह जगाउनेछ। दिनको उत्तरार्ध अधिक सुखद रहनेछ।

भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ८१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज कामको सुरुआत गर्नुअघि हनुमानजीलाई स्मरण गरेमा अधिक सफलता मिल्नेछ। उत्तर दिशाको यात्रा फाप्ने देखिएन।

तुला : दैनिक कार्यमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ८०, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७४ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग उपयुक्त छैन।

वृश्चिक : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। जिद्दीपनाले गर्दा काम बिग्रनेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४०, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ७६ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। अरूप्रति हेयको भाव नराख्नु नै आफ्नो लागि पनि श्रेयस्कर छ।

धनु : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। तर, विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन्।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन काम गर्नुपूर्व वृक्षारोपण गरेमा भविष्यमा आशातीत प्रतिफल मिल्ला। दक्षिण दिशाको यात्रा फलदायी छैन।

मकर : ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। लामो समयदेखि प्रतीक्षा गरिएको काम पुरा हुनेछ। नयाँ लक्ष्य प्राप्तिको योग छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय छ। धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ निलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६८, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ६२ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाह अनुसार अघि बढ्दा समस्या समाधानको बाटो पहिलिनेछ। तर, झुट चाहिँ नबोल्नु होला। झुटो बोलेमा बन्न लागिसकेको काम पनि बिग्रेला।

कुम्भ : नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। राम्रै काम गरे पनि कार्यमा अवरोध आउला। आर्थिक कारोबारमा मन्दी आउनेछ। साँझमा भने प्रतिष्ठित व्यक्तिसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५३, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ४० र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ५२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा सफलता दर बढ्नेछ। खरानी रङको प्रयोग उचित छैन।

मीन : दैनिक कार्यमा प्रगति हुनेछ। बोलीको भरमा सङ्कल्प सिद्ध हुन सक्छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५१, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको काम सुरु गर्नुअघि वृक्षारोपण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनेछ। यात्राको योग उच्च रहे तापनि आफू अनुकूल नभएकोले भरिसक्के लामो यात्रा नगर्दा नै बेस हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .