समाज


लोटरीको लोभ देखाएर अनलाइनमार्फत ठगी : पर्साबाट तीन चिनियाँ नागरिक पक्राउ

ठगीका लागि भारतीय सिमसमेत प्रयोग
लोटरीको लोभ देखाएर अनलाइनमार्फत ठगी : पर्साबाट तीन चिनियाँ नागरिक पक्राउ

पक्राउ परेका चिनियाँ नागरिक। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
चैत १८, २०८० आइतबार १८:५१, काठमाडौँ

अनलाइनमार्फत ठगी गरेको अभियोगमा ३ जना चिनियाँ नागरिकलाई प्रहरीले शनिबार पर्साका विभिन्न स्थानबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा चीनको हुनान ठेगाना भएका ३३ वर्षीय लिऊ ग्यु साई, चीनको हुवेईका २६ वर्षीय वाङ बोहान र र ३६ वर्षीय सियाङ सियाओ रहेका छन्।

अनलाइन लोटरी र अनलाइन सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली र विदेशीबाट नागरिकबाट ठगी गर्ने गिरोह सक्रिय रहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले निगरानी गर्ने
क्रममा पक्राउ गरिएको हो।

प्रहरीले वीरगञ्ज महानगरपालिका-१५ स्थित उनीहरूले भाडामा लिएको घरबाट कम्प्युटर सीपीयु १ सय २० थान, मनिटर १ सय १८ थान, राहदानी ३ थान, मोबाइल ३५ थान, भारतीय जियो सिमकार्ड १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, एटीएम कार्ड ३ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाईफाई राउटर २ थान, मिनी इनभर्टर २ थान, गाडी १ थान, मोटरसाइकल १ थान र मलेसियन मुद्रा ३७ रिङ्गिट, ४३ हजार नेपाली रूपैयाँ र कम्बोडियन मुद्रा ३ हजार ५ सय बरामद गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .