ad ad

समाज


पक्राउ परेकी नेतृ रक्षा बम अनेरास्ववियुबाट निलम्बित

पक्राउ परेकी नेतृ रक्षा बम अनेरास्ववियुबाट निलम्बित

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०८० बिहिबार १४:२४, काठमाडौँ

आपराधिक लाभ लिएको आरोपमा पक्राउ परेपछि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम (राजमती) निलम्बित भएकी छन्। 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले बिहीबार विज्ञप्ति जारी गर्दै धनगढी निवासी बमलाई संगठनबाट निलम्बनमा गरिएको जानकारी दिए।

‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले निष्पक्ष प्रहरी अनुसन्धानमा सहयोग रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रक्रिया अवधिभर रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौँ।’

बमलाई महाराजगञ्ज प्रहरीले बुधबार नागार्जुनस्थित ओशो तपोवन क्षेत्रबाट पक्राउ गरेको थियो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बमविरुद्ध आपराधिक लाभ लिएको र चोरीको कसुरमा उजुरी परेपछि पक्राउ गरी अनुसन्धान भइरहेको बताएका छन्।

उनविरुद्ध एमालेकै कार्यकर्तासमेत रहेकी बझाङकी रश्मिला कुमारी धामीले उजुरी दिएकी थिइन्।

उनले आफ्नो मोबाइल खोसेर रक्षाले आफूसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको र धम्कीसमेत दिएको बताएकी थिइन्।

तर रक्षाविरुद्ध उजुरी दिने उनै रश्मिला पनि पनि प्रहरीको फरार सूचीमा छिन्।

रश्मिलालाई अदालतले बमको मानहानी गरेको मुद्दामा दोषी ठहर गरेको हो। बम पक्राउ परिसक्दा बमले मुद्दा दिएकी धामी भने समतिएकी छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .