ad ad

समाज


मुस्ताङभित्र अब ‘मिनी मुस्ताङ’ पनि !

मुस्ताङभित्र अब ‘मिनी मुस्ताङ’ पनि !

वाशुदेव मिश्र
फागुन ३, २०७६ शनिबार १०:१०,

जति उकालो लाग्यो, उति अनौठो। हिउँदमा हिउँको च्यादर, दिउँसो चिसो सिरेठो। मुस्ताङ यात्राको क्रममा देखिने र अनुभूत हुने कुरा हुन् यी।

यतिमात्रै कहाँ हो र? प्रसिद्ध मुक्तिनाथ, मान्छेले वर्षौँ लगाएर खोपेकाजस्ता सुन्दर नांगा राता पहाडहरु पनि मुस्ताङका बिम्ब हुन्। हिमालपारीको जिल्ला मुस्ताङबारे यति मात्रै भन्दा पनि कम हुन्छ।

रहस्यमयी गुफाहरु, माटोको सहर उपल्लो मुस्ताङका किस्सा झन् अनौठा छन्। भिक्षुको ‘ओम माने पद्यमे हुँ...’को मन्त्र गुन्गुनाएर नथाक्ने मुस्ताङको यही अलौकिक र रहश्यमयी छविले यो विश्वभर चिनिएको छ। सबैको रोजाइको गन्तव्य बनेको छ।

प्रसिद्ध चक्रीय अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मुस्ताङको यही सौन्दर्यलाई अब भने एकै ठाउँमा हेर्न पाइने भएको छ। मुस्ताङ सदरमुकाम जोमसोममा रहेको घरपजोङ गाउँपालिकाले मुस्ताङमा रहेका सबै पर्यटकीय ठाउँ, संस्कृति झल्कने ‘मिनी मुस्ताङ’ पार्क बनाउने भएपछि सिंगो मुस्ताङ एउटै थलोमा हेर्न मिल्ने भएको हो।

मिनी मुस्ताङ परियोजनाको प्रारम्भिक प्रतिवेदन अनुसार मिनी मुस्ताङ करिब ३ सय ३५ रोपनी क्षेत्रफलमा फैलिनेछ। करिब ४० करोडको लागतमा बन्ने मिनी मुस्ताङमा जिल्लाभित्र रहेका धार्मिकस्थलहरु मुक्तिनाथ, दामोदरकुण्ड, ४ वटै गाउँपालिकामा रहेका बस्तीहरु, गुम्बाहरु, काठेपुल, संग्रहालय, कलाकेन्द्रका प्रतिमूर्तिहरु बनाइनेछ।

घरपजोङ गाउँपालिकाका अध्यक्ष आशबहादुृर थकालीका अनुसार त्यो पर्यटकीय गन्तब्यमा पस्नेले शुल्क तिर्नुपर्नेछ। त्यहाँ रेष्टुरेन्ट, क्युरियो पसलहरु पनि रहनेछन्। मिनी मुस्ताङ परियोजनको लागि गाउँपालिका, गण्डकी प्रदेश सरकार, संघीय सरकार र निजी क्षेत्रसँग हातेमालो गरिने उनले जनाए।

परियोजनाको प्रारम्भिक मोडल हेरेपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यो परियोजना निर्माणले एउटा पर्यटकीय गन्तब्य थपिने बताए। उनले संघीयताकै कारणले गर्दा एउटा गाउँपालिकाले यति ठूलो परियोजना निर्माणको आँट्न सक्ने बनाएको पनि बताए। उनले यो परियोजनामा निजी क्षेत्रलाई पनि साथ लिन आग्रह गर्दै आँटेर अघि बढे ४ वर्षमा परियोजना सम्पन्न हुने धारणा राखे।

संघीय सांसद महेन्दबहादुर थकालीले यो परियोजनाले मुस्ताङको नयाँ परिचय थपिने बताए। प्रदेश सांसद ईन्दधारा विष्टले मिनी मुस्ताङमा हिजो लोमान्थाङबासीले प्रयोग गर्ने परम्परागत शौचालयसहितका संरचना बन्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .