ad ad

समाज


चिकित्सक पनि कोरोनाको जोखिममा, हालसम्म १७ सय संक्रमित हुँदा ६ जनाको मृत्यु

चिकित्सक पनि कोरोनाको जोखिममा, हालसम्म १७ सय संक्रमित हुँदा ६ जनाको मृत्यु

नेपालखबर
फागुन ३, २०७६ शनिबार ७:३७,

बेइजिङको सरकारी अधिकारीहरुका अनुसार हालसम्म कोरोनाबाट १७ सय बढी संक्रमित छन्। कोरोनाले ६ चिकित्सकको भने ज्यान लिइसकेको छ।

कोरोनाको औषधी हालसम्म बन्न सकेको छैन। चिकित्सहरुले हजारौं कोरोना संक्रमितको उपचार गरिरहेका छन्। यसबीचमा चिकित्सकहरु नै संक्रमणको जोखिममा परेका हुन्।

शनिबार बिहानसम्मको तथ्यांकअनुसार हालसम्म विश्वभर ६७ हजार भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ।

तथ्यांकअनुसार चीनमा मात्र ६६ हजार ४ सय ९२ कोरोनाबाट संक्रमित छन्। ६ सय ५ अन्य २५ भन्दा बढी मूलुकका संक्रमित हुन्।

मृतकको संख्या विश्वभर १५ सय २६ पुगेको छ। चीनमा मात्र १५ सय २३ को मृत्यु हुँदा मुख्य क्षेत्र चीनबाहिर हङकङ, थाइल्यान्ड र जापानमा एक–एक जनाको मृत्यु भएको छ।

चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट फैलन सुरु भएको कोरोनासँग लड्न हाल विश्वभरका वैज्ञानिकले उपचारको पद्धतिबारे अध्ययन गरिरहेका छन्।

Image result for corona doctors

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .