ad ad

समाज


नोबेलकी नर्सको हत्या, शौचालयमा फ्याँकिएको अवस्थामा भेटियो शव

नोबेलकी नर्सको हत्या, शौचालयमा फ्याँकिएको अवस्थामा भेटियो शव

नेपालखबर
चैत २, २०८० शुक्रबार १६:३६, काठमाडौँ

विराटनगरस्थित नोबेल मेडिकल कलेजकी एकजना नर्सको विभत्स हत्या भएको छ। 

विराटनगर महानगरपालिका-४ बुढाथोकीमार्गस्थित धीरेन्द्र गिरीको घरको कोठामा उनको हत्यापछि शव शौचालयमा फ्याँकिएको अवस्थामा भेटिएको हो। 

सिरहाको फुल्काहकट्टी घर भएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव शरीरभरी चोट लागेको अवस्थामा भेटिएपछि अहिले घटनास्थलमा मोरङका एसपी नवराज कार्की र डीएसपी रञ्जनकुमार दाहालसहितको टोली खटिएको छ।

मोरङ प्रहरी प्रमुख कार्कीका अनुसार प्रारम्भिक अनुसन्धबाट चन्द्रिकाकुमारीको हत्या भएको निष्कर्ष निस्किएको छ। डेरा बसेको घरको कोठामा हत्या गरेर शाैचालयमा शव फ्याँकिएको अवस्थामा भेटिएको हो। 

उनी नोबेल अस्पतालनजिकै करिब ४ महिनादेखि डेरा लिएर बस्दै आएकी थिइन्।  

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटेको चोट छ।

प्रहरीका अनुसार उनको शव कोठासँगैको शाैचालयभित्र भेटिएकाे हो। तर उनको हत्या त्यहीँ भयो या अन्यत्र भन्ने खुलेको छैन। 

उनको शव भेटिएपछि अहिले प्रहरीले परिवारका सदस्यलाई बोलाएको छ। परिवारका सदस्यको उपस्थिति भएपछि मात्रै प्रहरीले घटनास्थलबाट शव निकाल्ने तयारी गरेको छ।

एसपी कार्कीले परिवारका सदस्य केही बेरमा आइसकेपछि पोस्टमार्टमसहितका प्रक्रिया अघि बढाउने बताए। प्रहरी अहिले घटना हत्या नै भएको निष्कर्षसहित त्यसमा संलग्नको खोजीमा जुटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .