ad ad

समाज


उदयपुरमा बोलेरो दुर्घटना : चालकसहित ७ जनाको मृत्यु, ८ घाइतेलाई धरान लगियो

उदयपुरमा बोलेरो दुर्घटना : चालकसहित ७ जनाको मृत्यु, ८ घाइतेलाई धरान लगियो

नेपालखबर
चैत १, २०८० बिहिबार १३:४७, काठमाडौँ

धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जीप उदयपुरको चुहारमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। 

घटनास्थलमा उद्धारका क्रममा अर्का यात्रुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिए। यससँगै ज्यान गुमाउनेको संख्या ७ पुगेको उनले बताए। 

प्रहरीका अनुसार दुर्घटनाका ज्यान गुमाउनेहरूमा जीप चालक रमेश बस्नेतसहित छन्। मृतकहरूमा ३ जना पुरुष, ३ महिला र एक जना नाबालक छन्।

घटनास्थलबाट स्थानीयबासी र प्रहरीले अन्य ८ यात्रुको उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छन्। घाइतेहरूलाई सप्तकोसीमा चल्ने जेटबोटबाट चतरसम्म लगिएको थियो।

धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको बोलेरो बिहीबार बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका- ७ मैनामैनीमा दुर्घटनामा परेको थियो।

जीपमा १५ जना सवार रहेको खुलेको छ। घटनास्थल भोजपुरको सीमाक्षेत्र नजिकै पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .