भक्तपुरमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका–३ झौखेल पिपलबोट नजिकै बस्ने मनोज कुमार बुढाथोकीको घरमा डेराकोठा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ घर भएका वर्ष २५ को सन्तोष भुजेलले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती वर्ष २१ की पवित्रा राईलाई कुटपिट गरी हत्या गरेका हुन्।
कुटाइबाट गम्भीर घाइते भएकी पवित्राको उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ भने घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान गरिरहेको छ।
घटनामा संलग्न सन्तोष भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको व्यहोरा सूचित गरिन्छ।
120
Shares

प्रतिक्रिया