समाज


सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
फागुन २२, २०८० मंगलबार १५:१६, काठमाडौँ

सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्र कुमार देवसहित तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ मधुवापुर अन्तर्गत शहरी विकास, राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दुरीमा कालोपत्रे बाटो निर्माण बिना टेन्डर भएको, होडिङ्ग बोर्ड नलगाएको र निर्माण कार्य राम्रो नभएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले सीडीई सचिन्द्र कुमार देव, तत्कालीन इन्जिनियर मदन राय र सव–इन्जिनियर सरोज कुमार यादवले तीन लाख ४७ हजार रुपैयाँ अनियमितता गरेको आरोप लगाएको छ।

उनीहरुले उक्त निर्माण आयोजनाको ठेक्का इष्टिमेट र योजनाको सम्झौतासमेतमा हस्ताक्षर गरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब, ठेक्का बिल, अन्तिम नापी किताब, कार्य स्वीकार प्रतिवेदनसमेत प्रमाणित गरी निर्माण व्यावसायीलाई तीन लाख ४७ हजार रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको ठहर छ।

निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम आफू समेतलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने नियतले सोही ऐनको दफा ८ (१) (ग) र दफा ८ (१) (ङ) बमोजिमको कसुर र नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन दिई ऐ। दफा १९(२) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ।

उनीहरूलाई बिगो ३ लाख ४७ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी विगो असुल उपर हुन एवं दफा १९(२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।

साथै, गुन्जा कन्सट्रक्सन, खडक–८, सप्तरीका प्रोपराइटर गोविन्द प्रसाद मंडलसमेत सोही बमोजिम बिगो कायम राखी बिगोसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad