समाज


नेपाल प्रवेश गर्दै पानी पार्ने नयाँ मौसम प्रणाली

नेपाल प्रवेश गर्दै पानी पार्ने नयाँ मौसम प्रणाली

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार ७:२५, काठमाडौँ

आज (शुक्रबार) बेलुका नेपालमा पानी पार्ने नयाँ मौसम प्रणाली भित्रिँदै छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली आज बेलुका नेपाल भित्रिने भएको हो। 

‘पश्चिमी न्यून चापीय प्रणाली आउने जाने भइरहन्छ’, उनले भने, ‘यस क्रममा आज बेलुका फेरि उक्त प्रणालीबाट विकसित पानी पार्ने नयाँ प्रणाली नेपाल प्रवेश गर्ने भएको हो।’

नेपालको पश्चिमबाट प्रवेश गरी पूर्वबाट बाहिरिने उक्त प्रणालीले सुरुमा पश्चिमी क्षेत्रमा प्रभाव पार्ने र त्यसपछि क्रमशः देशभर फैलिने मौसमविद् झाले बताए। 

‘पश्चिमी क्षेत्रमा त अहिले नै अलिअलि प्रभाव परिसकेको छ’, उनले भने, ‘आजै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।’ 

साथै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

भोलि (शनिबार) देखि भने पश्चिमी न्यून चापीय प्रणाली देशभर फैलिने पश्चिमदेखि पूर्वसम्मै मौसम बदली, वर्षा र हिमपातको सम्भावना देखिएको मौसमविद् झाले बताए। 

‘यो प्रणालीले पश्चिममा बढी र पूर्वमा कम प्रभाव पार्ने देखिन्छ’, उनले भने, ‘यसले शनिबार र आइतबारसम्म प्रभाव पार्ने देखिन्छ, त्यसपछि पुनः मौसम सफा हुँदै जाने सम्भावना छ।’  

यस्तो छ ३ दिनको मौसम अनुमान-

फागुन १८ गते  (शुक्रबार)

दिउँसो: सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

फागुन १९ गते  (शनिबार)

दिउँसो: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति: देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेशको तराई र कोसी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

फागुन २० गते  (आइतबार)

दिउँसो: देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश सहित कोसी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र मधेस प्रदेशका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति: देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का पर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

स्रोत : मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .