ad ad

समाज


वृषलाई न्याय मिल्ने, कर्कटको व्यापारमा लाभ, वृश्चिकलाई वैदेशिक कार्यमा ८९ प्रतिशत सफलता : फागुन १८ को राशिफल

वृषलाई न्याय मिल्ने, कर्कटको व्यापारमा लाभ, वृश्चिकलाई वैदेशिक कार्यमा ८९ प्रतिशत सफलता : फागुन १८ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन १८, २०८० शुक्रबार ५:१२, काठमाडौँ

आज शुक्रबार, १८ फागुन २०८०। तदनुसार १ मार्च २०२४। हेर्नुस् आजको राशिफल-

मेष : कलहको योग भएकोले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापार र वैदेशिक कार्यमा ६१/६१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। अरूलाई दुस्ख दिने काम नगर्नु होला। यसो गरेमा आफैँले हानि बेहोर्नु पर्नेछ।

वृष : रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापार तथा वैदेशिक कार्यमा ७५/७५ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङ्गको प्रयोग फलदायी छैन, नगर्नुहोला।

मिथुन : रमणीय र सुखद यात्राको योग छ। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पढाइ-लेखाइमा प्रगति हुनेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ।

भाग्यशाली रङ्ग सेतो वा निलो हो भने भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ४५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङ्गको प्रयोग उपयुक्त छैन।

कर्कट : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क २ हो भने प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग फलदायी छैन।

सिंह : सरकारी निकायको भय रहनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउन सक्छ। बुद्धि र विवेकको प्रयोग गर्न सके दिनलाई सकारात्मक बनाउने समय छ।

भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ५३, वैदेशिक कार्यमा ४५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुट चाहिँ नबोल्नु होला, झुटो बोलेमा गरेको कार्यबाट फलप्राप्ति हुँदैन।

कन्या : घरायसी मनोरञ्जन हुनेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। छोटो दुरीको लाभदायक यात्रा रहला। व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

तुला : आफन्तको प्रगतिमा मन रमाउनेछ। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। नयाँ कार्यको योजना बन्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। पुराना साथीभाइसित भेटघाट हुनेछ। समाज सेवामा मन लाग्नेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन, भरसक नजानु होला।

वृश्चिक : टाढिएका आफन्तसँग पुनस् सम्बन्ध गाँसिन सक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी वा कालो रहेको छ भने भाग्यशाली अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५५, वैदेशिक कार्यमा ८९ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

धनु : लाभ-हानि, सुख-दुःख बराबरी रहनेछ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला, सचेत हुनुपर्छ। आफन्तको विश्वासमा कमी आए तापनि विश्वास गर्न जरूरी हुन्छ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ४०, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। दक्षिण दिशातर्फको यात्रा खासै फाप्ने देखिँदैन, सकेसम्म नजानु होला।

मकर : रोकिएका काम पुनः सुरु हुन सक्छन्। मित्र वा आफन्तको सहयोग मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार उपहार पाइनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पूरा हुनेछन्।

भाग्यशाली रङ्ग घिउ रङ्ग हो भने भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५०, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाब लिएर काम गर्दा बढी सफल भइनेछ। छलकपट चाहिँ नगर्नु होला, यसले फाइदा होइन बेफाइदा नै गर्नेछ।

कुम्भ : रमाइलो यात्राको योग रहेको छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा भने पारिवारिक झमेला हुनसक्ने देखिन्छ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८५, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ८४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मातापिताको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङ्गको प्रयोग फलदायी छैन, नगर्नु होला।

मीन : मङ्गल कार्यको योग छ, दानपुण्यमा सहभागी भइनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्राविधिक कार्यमा सफलता पाइनेछ। सन्तान सुख पनि मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

भाग्यशाली रङ्ग निलो हो भने भाग्यशाली अङ्क २ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। हरियो रङ्गको प्रयोग उपयुक्त छैन, प्रयोग नगरेकै बेस।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .