ad ad

समाज


सेञ्चुरीका दुई पूर्वसीईओसहित १० जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

सेञ्चुरीका दुई पूर्वसीईओसहित १० जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०८० मंगलबार १७:१२, काठमाडौँ

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा पक्राउ परेका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ गरिएकाहरू गौतम र उनीअघि सेन्चुरीकै सीईओ मनोज न्यौपानेसहित १० जनालाई अदालतले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको हो। 

तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई सवा २ अर्ब रुपैयाँ ऋण लगानी गरेको प्रकरणमा उनीहरू समातिएका हुन्। 

बैंकले चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीलाई २ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। करिब ८० करोड रुपैयाँ मात्रै पर्ने धितो राख्दा चौलागाईंलाई सेञ्चुरीले २ अर्ब २५ करोड रुपैयाँ ऋण दिएको प्रकरणमा उनीहरू समातिएका हुन्।

सेञ्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ। उक्त बैंकमा मंगलबार पक्राउ परेका मनोज न्यौपाने अहिले वरिष्ठ डेपुटी सीइओका रुपमा कार्यरत छन्। 

को को पक्राउ परे? 
तुलसी गौतम-तत्कालीन सीईओ सेन्चुरी कमर्सियल बैंक
मनोज न्यौपाने-तत्कालीन सीईओ सेन्चुरी कमर्सियल बैंक

कर्मचारीहरू
सविन घिमिरे
सुवास श्रेष्ठ
अनुपमा श्रेष्ठ
सुनिल बस्नेत
दिलिप बराल
दिपेश प्रधान
राजेश भण्डारी
रमन श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .