ad ad

समाज


वृश्चिकलाई रोजगारी, मकरलाई धार्मिक यात्रा, मीनलाई सम्पत्ति प्राप्तिको योग : फागुन १६ को राशिफल

वृश्चिकलाई रोजगारी, मकरलाई धार्मिक यात्रा, मीनलाई सम्पत्ति प्राप्तिको योग : फागुन १६ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन १६, २०८० बुधबार ४:५१, काठमाडौँ

आज बुधबार, १६ फागुन २०८०। अंग्रेजी तिथिअनुसार २८ फेब्रुअरी २०२४। हेर्नुहोस् आजको राशिफल:

मेष : प्रतिष्ठित काम गर्ने मौका छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ३ हो भने प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्नु राम्रो हुनेछ। यात्राको योग उच्च भए पनि फलदायी छैन। त्यसैले भरिसक्के लामो यात्रा नगर्दा राम्रो।

वृष : ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ६०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ८२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८३, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा सफलता मिल्नेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

मिथुन : चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। मनमा चञ्चलता बढ्नेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। फलदायी यात्रा नहोला। साँझमा शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ्ग आकाशे हो भने भाग्यशाली अङ्क १ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ५१, व्यापारमा ३१, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर लाग्नुभयो भने बनिसकेको काम पनि बिग्रनेछ।

कर्कट : सफल यात्रा र उपहार पाइने सम्भावना छ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। आकस्मिक यात्राको अवसर आउन सक्छ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८५, व्यापारमा ७२, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्नु राम्रो हुनेछ। खरानी रङ्ग त्यति फलदायी छैन त्यसैले प्रयोग नगरेकै बेस।

सिंह : धार्मिक यात्राको योग छ। चिताएको कामले तीव्रता लिनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७२, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६५ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। लगानीको अवसर प्राप्त होला तर आवेगमा चाहिँ नगर्नु होला।

कन्या : उपकार गरेर अरूको मन जित्न सकिनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। विद्वान्‌हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी वा निलो रहेको छ भने भाग्यशाली अङ्क १ हो। त्यस्तै, प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६२, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता र यात्राको योग ७५/७५ तथा सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग उपयुक्त छैन, भरसक नगर्नु होला।

तुला : महत्त्वपूर्ण अवसर गुम्न सक्छ। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। पारिवारिक र नातागोताभित्रका सदस्यसँग राम्रो व्यवहार पुर्‍याउन नसक्नाले मनमुटावको स्थिति आउन सक्छ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ४८, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ८५ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क पनि ४२ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी देखिँदैन त्यसैले भरसक नजानु होला।

वृश्चिक : प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। आँटेको र ताकेको कार्य पूरा होला। रोजगारीको अवसर मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। प्रणय सम्बन्ध बढ्ने समय छ।

भाग्यशाली रङ्ग गुलाबी वा सेतो रहेको छ भने भाग्यशाली अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७२, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

यसका साथै, स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा भने भरसक नगर्नु होला।

धनु : वाक्चातुर्यले कार्य सिद्ध हुनेछ। दाजुभाइ र दिदीबहिनीहरूबाट सहायता मिल्नेछ। नयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ। तर, बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ७४ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङ्गको प्रयोग नगर्दा बेस हुनेछ।

मकर : पुनर्मिलनको योग छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धार्मिक यात्राले अनुहारमा चमकता आउनेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय रहनेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ८५, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ८८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन  नगर्नु होला।

कुम्भ : झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। अनावश्यक ठाउँमा धन खर्च होला। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई साँझमा लाभ मिल्नेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ९ रहेको छ भने प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४१, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ३४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ, झुट चाहिँ नबोल्नु होला।

मीन : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। अचल सम्पत्ति हात पर्न सक्छ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।

मीन राशिको आज भाग्यशाली रङ्ग पहेँलो रहेको छ भने भाग्यशाली अङ्क १ हो। त्यसैगरी प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७५, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

साथै, स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ८५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमीको सल्लाह मानेर कार्य गर्दा बढी सफलता मिल्नेछ। कालो रङ्गको प्रयोग फलदायी छैन, सकेसम्म नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .