ad ad

समाज


काभ्रेमा चोरेको स्कुटर लिएर सर्लाही फर्किंदै गरेका युवक धादिङबाट पक्राउ

काभ्रेमा चोरेको स्कुटर लिएर सर्लाही फर्किंदै गरेका युवक धादिङबाट पक्राउ

नेपालखबर
फागुन १५, २०८० मंगलबार ६:५२, काभ्रे

स्कुटर चोरीमा संलग्न भएको आरोपमा सर्लाहीका एक युवा धादिङबाट पक्राउ परेका छन्। 

काभ्रेको बनेपा नगरपालिका- ७ स्थित चारदोबाटो चोकबाट चोरिएको बा.प्र.०२–०२५ प ५५९५ नम्बरको स्कुटर चढेर घर फर्किंदै गरेका सर्लाहीको लालबन्दी नगरपालिका- ११ निवासी २२ वर्षीय विष्णु भट्टराई पक्राउ परेका हुन्। 

भट्टराई धादिङको थाक्रे गाउँपालिका- ६ महादेववेशीबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

उनले यही फागनु ११ गते बनेपा- ७ स्थित चारदोबाटो चोकमा पार्किङ गरेर राखिएको स्कुटर दिउँसै चोरेका थिए।  

सीसी क्यामेराको फुटेजको सुक्ष्म विश्‍लेषण तथा अनुसन्धान पश्चात धादिङ प्रहरीसँगको समन्वयमा उनलाई स्कुटरसहित पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ। फागुन ११ गते चोरेको स्कुटर लिएर उनी १२ गते सर्लाही फर्किंदै गर्दा पक्राउ परेका हुन्।  

भट्टराईलाई जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .