ad ad

समाज


मेषलाई सरुवा-बढुवा र मीनलाई नयाँ रोजगारीको योग, सेयर बजारमा वृषलाई उच्च अंक : हेर्नुस् फागुन १३ को राशिफल

मेषलाई सरुवा-बढुवा र मीनलाई नयाँ रोजगारीको योग, सेयर बजारमा वृषलाई उच्च अंक : हेर्नुस् फागुन १३ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन १३, २०८० आइतबार ५:५, काठमाडौँ

आज आइतबार, १३ फागुन २०८०। अंग्रेजी तिथिअनुसार २५ फेब्रुअरी २०२४। हेर्नुहोस् आजको राशिफल-

मेष : शुभकार्यको चर्चा चल्ने र सरुवा, बढुवाको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गरेमा अध्ययन-अध्यापनमा रुचि बढ्नेछ। उत्तर दिशातर्फको यात्रा खासै फलदायी छैन, नगरेकै बेस।

वृष : मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। प्रेमी-प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। विगतका गलत निर्णयले काममा चुनौती र झमेला आउने देखिन्छ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ६ रहेको छ भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाँदा राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला, यसले बनिसकेको काम पनि बिग्रन सक्छ।

मिथुन : नयाँ कमको अवसर र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ। प्रेमी-प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क १ रहेको हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ४७, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी काम सुरु गर्दा सफल हुने दर बढ्नेछ। झुट बोलेमा भने बनिसकेको काम पनि भत्कनेछ।

कर्कट : लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको समय रहनेछ। नयाँ काम वा रोजगार पाइनेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वादिष्ट परिकारको अवसर मिल्नेछ। सबैले तपाइँको काममा सहयोग गर्नेछन्।

भाग्यशाली अङ्क १ रहेको छ प्रेम र सम्बन्धमा ६१, व्यापारमा पनि ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले आत्मसन्तुष्टि मिल्नुका साथै आत्मबल पनि बढ्नेछ। निलो रङ्गको प्रयोग भने नगर्नु होला, त्यति उपयुक्त छैन।

सिंह : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम पनि सम्पादन हुन सक्छ। अधुरो र आँटेको कार्य पूरा होला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ५५, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा राम्रो हुनेछ। यात्रा गर्नु फलदायी छैन, त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

कन्या : शत्रुपक्ष हाबी हुन सक्नेछन्। सरकारी निकायको भय रहला। उमङ्ग र उत्साहमा कमी आउनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सेयर बजारले खासै साथ दिने देखिँदैन। साँझबाट दैनिक काम सहजै सम्पन्न हुनेछन्।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ७ रहेको छ भने प्रेम र सम्बन्धमा ५३, व्यापारमा ३८, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझाव मानेर कार्य गर्दा सफल हुन सकिनेछ। तामसिक भोजन नगर्नु होला।

तुला : नयाँ कार्यको अवसर मिल्नेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ। रोकिएका काम पूरा हुनेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता र यात्राको योग ७१/७१ तथा सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठ्ने बित्तिकै पितृ देवताको आशीर्वाद लिएमा दिनभरिका काम चुस्त रूपमा सम्पादन हुनेछन्। खैरो रङ्गको प्रयोग भने नगर्नु होला।

वृश्चिक : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। प्राविधिक काममा सफलता मिल्नेछ। सजिलै अरूको मन जित्न सकिनेछ। वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ३ हो भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ४१, सेयर बजारमा ७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला। 

धनु : रोकिएका काम पुनः सुरु हुन सक्छन्। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता पनि ६७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिनु राम्रो हुनेछ। खुट्टा तान्नेहरू वरिपरि नै रहने हुँदा सजिलै अरूको विश्वास नगर्नु होला।

मकर : अध्ययन तथा अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। मनमा दुबिधा उत्पन्न हुनेछ। बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ५२, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्दा राम्रो हुनेछ। तर, सजिलै अरूको विश्वास भने नगर्नु होला।
 
कुम्भ : कार्यसिद्धिको योग छ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ, हर्ष र उत्साह भरिनेछ। सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यवसाय पनि फस्टाउनेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ७०, सेयर बजारमा पनि ७०, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गरेर दिनको सुरुआत गर्नु राम्रो हुनेछ। पूर्व दिशातर्फको यात्रा चाहिँ त्यति उपयुक्त छैन।

मीन : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। नयाँ काममा हात हाल्ने समय छ। सहयोगी हातहरू अघि बढ्नेछन्। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक क्षेत्र र राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७०, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कमको थालनी गर्नु राम्रो हुनेछ। कालो रङ्गको प्रयोग चाहिँ नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .