ad ad

समाज


मोरङमा भारतीय ट्रक पल्टिँदा च्यापिएकामध्ये तीन बालबालिकाको मृत्यु

मोरङमा भारतीय ट्रक पल्टिँदा च्यापिएकामध्ये तीन बालबालिकाको मृत्यु

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १२:२७, काठमाडौँ

मोरङको बूढीगंगामा भारतीय ट्रक पल्टिँदा च्यापिएका चारमध्ये तीनजनाको ज्यान गएको छ।

बूढीगंगा गाउँपालिका–४ प्रगती टोलमा आर.जे.२९ जी.बी.१५६१ नम्बरको भारतीय ट्रक पल्टिँदा च्यापिएकामध्ये तीनजनाको ज्यान गएको हो।

उनीहरू आफ्नो घरको आँगनमा बसिरहेका थिए। मृत्यु हुनेमा एकै परिवारका दुई जना र अर्का छिमेकी रहेका छन्।

ज्यान गुमाउनेमा बूढीगंगा गाउँपालिका-४ की ४ वर्षीया इसिता अधिकारी र छोरा निशान्त अधिकारी छन्। उनीहरू ज्योति अधिकारीका जुम्ल्याहा छोराछोरी हुन्।

उक्त घटनामा सञ्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको छ। आँगनमा सुतेको अवस्थामा गाडी पल्टिएपछि खसेको ठूलो ढुंगाले उनीहरूलाई किचेको थियो। 

घटनामा आमाहरू ज्योति र सञ्जु खवास घाइते भएका छन्। उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्। 

मार्बलको सामान लिएर उद्योगतर्फ जाँदै गरेको ट्रक पल्टिँदा घटना भएको हो। मार्बलको कच्चा पदार्थ बोकेर भारतबाट बूढीगंगाको जेएनजे मार्बल उद्योगमा आउँदै गरेको ट्रक पल्टिएको प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जन दाहालले घटनास्थलबाट ढुङ्गा पन्छाएर शव निकाल्ने प्रयास भइरहेको बताए। ट्रक हटाउन क्रेन ल्याएर प्रहरीले काममा लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .