ad ad

समाज


बालेन्द्र चितवनमा, प्रजातन्त्र दिवसमा सहभागी भएनन्

बालेन्द्र चितवनमा, प्रजातन्त्र दिवसमा सहभागी भएनन्

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन ७, २०८० सोमबार १४:७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा सोमबार (आज) आयोजित औपचारिक समारोह आयोजना गरिएको छ।

काठमाडौँ महानगरपालिकास्थित सैनिकमञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मूल समारोह समितिले प्रत्येक वर्ष औपचारिक समारोह आयोजना गर्ने गरेको छ। 

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्षसहितका उच्च पदस्तहरू उपस्थित भए।

काठमाडौँमै आयोजना भएको यो समारोहमा महानगरका मेयर बालेन्द्र शाह भने अनुपस्थित भएका छन्। 

उनलाई पनि समारोहमा उपस्थित हुनका लागि निम्तो पठाइएको थियो। 

तर, केही दिनदेखि बिदामा बसेकाले मेयर शाह उक्त समारोहमा उपस्थित हुन नसकेका हुन्। सचिवालय स्रोतका अनुसार मेयर शाह अहिले चितवनमा छन्। 

उनी लगातार भएको सार्वजनिक बिदा र शनिबारसम्मको बिदा सदुपयोग गर्ने उद्देश्यले बिदा लिएर पारिवारिक घुमघाममा निस्किएका हुन्।

मेयर शाहले यसअघि प्रदेशसभा निर्वाचन, राष्ट्रिय सभा निर्वाचन पनि बहिष्कार गरेका थिए। साथै, उनी गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको रात्रिभोजमा पनि अनुपस्थित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .