ad ad

समाज


विमानस्थल सुरक्षा प्रमुखमा एसएसपी पोखरेल

विमानस्थल सुरक्षा प्रमुखमा एसएसपी पोखरेल

नेपालखबर
माघ २६, २०८० शुक्रबार २१:५, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेलले पाएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यहाँ कार्यरत डीआईजी अर्जुन चन्द ठकुरीलाई सरुवा गरेको केही दिनमै उनीमातहतका एसएसपी दीपशमशेर जबरालाई पनि सरुवा गरेका छन्।

१६ एसएसपीको सरुवा गर्दा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी एसएसपी पोखरेलले पाएका हुन्। पोखरेल यसअघि बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीमा कार्यरत थिए।

विमानस्थलमा कार्यरत एसएसपी जबरालाई बागमती प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान महाशाखा, हेटौंडामा सरुवा गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काजमा खटाइएको छ।

विमानस्थल सुरक्षा प्रमुखमा एसएसपीको दरबन्दी भए पनि सरकारले यसअघि काजमा डीआईजीलाई खटाएको थियो। अब अर्को व्यवस्था नभएसम्म एसएसपी पोखरेलले नै विमानस्थल सुरक्षा कार्यालयको कमाण्ड गर्नेछन्।

अध्यागमन विभाग र भन्सारसँग पछिल्लो समय विमानस्थलमा प्रहरीको सम्बन्ध बिग्रिएको छ। माघ १२ गते विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो। कुटाकुटपछि चार प्रहरी र अध्यागमनका एक अधिकारी कारबाहीमा परेका छन्।

उक्त घटनापछि डीआईजीले राजीनामा नै दिए। तर उनको राजीनामा भने प्रहरी प्रधान कार्यालयले अगाडि नबढाई सरुवा गरिदिएको छ।उनलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। 

त्यसपछि नेतृत्व गरिरहेका एसएसपी जबरालाई पनि त्यहाँबाट अन्यत्र सरुवा गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .