ad ad

समाज


दैनिक राशिफल : माघ २४

दैनिक राशिफल : माघ २४

पण्डित नारायणप्रसाद दुलाल
माघ २४, २०८० बुधबार ४:५५, काठमाडौँ

आज २४ माघ २०८०, बुधबार। अंग्रेजी पात्रोअनुसार ७ फेब्रुअरी २०२४। हेर्नुस् आजको राशिफल-
मेष : राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनमा फूर्ति र उत्साह बढेकै हुनेछ। सेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ। वैदेशिक कार्य राम्रो हुनेछ।

मेष राशिको आजको भाग्यशाली अङ्क ५ रहेको छ भने यो राशि हुनेहरूको आज प्रेम र सम्बन्धमा ७६ प्रतिशत सफलता देखिन्छ।

त्यस्तै, व्यापारमा ६०, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ९० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेको आजको स्वास्थ्य ६१ प्रतिशत अनुकूल रहनेछ भने यात्राको योग ७० प्रतिशत  र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले आज मान्यजनको आशीर्वाद लिने र दक्षिण दिशाको यात्रा नगर्दा बेस हुन्छ।

वृष : मध्यम खालको दिन छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मध्य दिनपछि नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ।

आज वृष राशिको भाग्यशाली रङ्ग सुन्तला रङ्ग रहेको छ भने भाग्यशाली अङ्क २ रहेको छ। यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४१, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ। त्यस्तै, स्वास्थ्य अनुकूलता ४० र यात्राको योग पनि  ४० प्रतिशत नै रहेको छ।

यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ३३ प्रतिशत मात्रै रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ भने निलो रङ्गको प्रयोग नगर्ने।

मिथुन : मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। सेयर बजारबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ।

मिथुन राशिको आजको भाग्यशाली रङ्ग निलो रहेको छ। भाग्यशाली अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ८१ प्रतिशतसम्म सफलता मिल्नेछ। त्यस्तै, व्यापारमा ७६, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ८४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। त्यसैगरी स्वास्थ्य अनुकूलता ५५ प्रतिशत र यात्राको योग ७१ प्रतिशत रहेको छ।

यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिँदा मनले चिताएको पुग्नेछ भने झुटो कुरो बोल्दा आफैँलाई पिरोल्नेछ।

कर्कट : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। सामाजिक कृत्यमा सहभागिताको अवसर मिल्नेछ।

कर्कट राशिको आजको भाग्यशाली रङ्ग सुन्तला रङ्ग हो भने भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ८७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

कर्कट राशि हुनेले आज मातापिताको आशीर्वाद लिई दिनको सुरुआत गर्दा राम्रो हुनेछ। छलकपटको भाव राख्नाले आफैँलाई हानि हुनेछ।

सिंह : अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ्ग खैरो रहेको छ र भाग्यशाली अङ्क ५ हो भने प्रेम र सम्बन्धमा ७७ प्रतिशत, व्यापार र सेयर बजारमा ५५र५५ प्रतिशत, वैदेशिक कार्यमा ६५ प्रतिशत र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ५१ प्रतिशत, यात्राको योग ६० प्रतिशत र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज दुर्गाजीको दर्शन गर्नु राम्रो हुनेछ भने रातो रङ्गको प्रयोग नगर्दा राम्रो हुन्छ।

कन्या : स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ। पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

यो राशि हुनेको आजको भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क ६ हो। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ५४, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ८० र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, आज स्वास्थ्यले ३३ प्रतिशत मात्र साथ दिनेछ, यात्राको योग ५० प्रतिशत रहेको छ भने सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

कन्या राशि हुनेले आज लक्ष्मीजीको दर्शन गर्ने र हल्लाको पछाडि नलाग्ने।

तुला : दिन भाग्यशाली भएर देखा पर्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

तुला राशि हुनेको आज भाग्यशाली रङ्ग निलो हो भने भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७६, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

आज तुला राशि हुनेहरूको स्वास्थ्य ४१ प्रतिशत मात्र ठिक रहनेछ। यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ।
यो राशि हुनेले आज विष्णु भगवान्‌को दर्शन गर्दा मन प्रसन्न हुनेछ भने कालो रङ्गको प्रयोग नगर्दा उत्तम हुन्छ।

वृश्चिक : दिन अविस्मरणीय सम्झनाले  बित्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। शुभकार्यमा सहभागी भइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

भाग्यशाली रङ्ग पर्पल हो भने भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६४, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७० प्रतिशत रहेको छ भने यात्राको योग ६५ प्रतिशत रहेको छ। यस्तै, सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

वृश्चक राशि हुनेले आज अरूको सल्लाहमा काम गर्दा सफलता हात लाग्ने सम्भावना धेरै छ। पहेँलो रङ्गको चाहिँ प्रयोग नगर्दा बेस।

धनु : छोटो दुरीको लाभदायक यात्रा हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। शुभकार्यको चर्चा चल्नेछ।

धनु राशिको आजको भाग्यशाली रङ्ग गुलाबी हो भने भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ९०, व्यापारमा ५०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य सबलता ७० प्रतिशत, यात्राको योग ६६ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ८८ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भगवान् शिवजीको दर्शन गरेर दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ भने हरियो रङ्गको प्रयोग गर्दा त्यति फाप्ने देखिँदैन।

मकर : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। समय प्रतिकुल भई कुलतमा मन जानेछ। सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। बोल्दा विचार पुर्‍याउनुहोला। साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ।

यस राशिको आजको भाग्यशाली रङ्ग सुन्तला रङ्ग र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ५५, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६१, यात्राको सम्भावना ५२ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

मकर राशि हुनेले आज भगवान्‌ शिवजीको दर्शन गर्दा मनले चिताएको पुग्नेछ तर झुटो बोल्दा पाएको कुरा पनि गुम्न सक्दछ।

कुम्भ : पुनर्मिलनको योग छ। शुभकार्यमा सहभागिता जनाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। धार्मिक र सांस्कृतिक सभा(समारोहमा सरिक हुने सम्भावना छ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

यो राशिको आजको भाग्यशाली रङ्ग रातो रहेको छ भने भाग्यशाली अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५२, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ८० र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

कुम्भ राशि हुनेको आज स्वास्थ्यले निकै साथ दिने देखिन्छ। ९० प्रतिशतसम्म स्वास्थ्य सबल रहनेछ। यात्राको सम्भावना ७५ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ।

त्यस्तै, निमुखा प्राणीलाई खानेकुरा दिँदा सानातिना समस्या आफैँ हल भएर जानेछन् भने मद्यपानबाट टाढा रहनु नै बेस हुनेछ।

मीन : कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। अनपेक्षित शुभ समाचारले हौसला बढाउनेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। पुँजी बजारबाट राम्रो सफलता मिल्नेछ तर साँझमा केही पैसा खर्च हुन सक्छ।

मीन राशिको आजको भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ४ रहेको छ। आज प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७१ प्रतिशत, यात्राको योग ८० प्रतिशत र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज सात्विक भोजन गर्ने र कालो रङ्गको प्रयोग नगर्नु राम्रो हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .