ad ad

राजनीति


प्रतिनिधिसभाको सचिव पदबाट पाण्डेयको राजीनामा स्वीकृत, महासचिवमा नियुक्त गरिँदै

प्रतिनिधिसभाको सचिव पदबाट पाण्डेयको राजीनामा स्वीकृत, महासचिवमा नियुक्त गरिँदै

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८० मंगलबार १७:२०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्। 

संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट पाण्डेयले माघ २३ गते दिएको राजीनामा त्यही मितिबाट लागु हुने गरी पौडेलले स्वीकृत गरेका हुन्। 

सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्तिको तयारी भएको छ।

स्रोतका अनुसार सम्भवत: मंगलबार साँझसम्म पाण्डेयलाई राष्ट्रपतिले संघीय संसद्को महासचिवमा नियुक्त गर्ने तयारी गरेका छन्।

संघीय संसद्को नयाँ महासचिवमा पाण्डेको नाम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले मंसिर २५ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। 

संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम सिफारिस भएको थियो।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले घरासयी कारण देखाउँदै राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए।

उनले ८ महिना कार्यावधि बाँकी रहँदै राजीनामा दिएपछि पाण्डे नयाँ महासचिवमा सिफारिस भएका थिए। 

संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायधिवक्ता थिए।

उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिवका लागि सिफारिस गरेर नियुक्त गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .