समाज


कस्तो छ पूर्वमन्त्री वसन्त नेम्वाङको स्वास्थ्य अवस्था?

कस्तो छ पूर्वमन्त्री वसन्त नेम्वाङको स्वास्थ्य अवस्था?

नेपालखबर
माघ २३, २०८० मंगलबार १३:३४, काठमाडौँ

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ एक सातायता ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन्।

यही माघ १७ गते नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकका लागि फुङलिङ पुगेका नेम्वाङ बसेकै ठाउँमा एक्कासि ढलेका थिए।

फुङलिङमा एक्कासि बिरामी परेपछि उनलाई हेलिकप्टरमार्फत ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो।

नेम्वाङको अहिले त्यहाँ उपचार भइरहेको छ। अहिले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको उनकी पत्नी भूमिका सुब्बाले बताएकी छन्। 

सुब्बाकाअनुसार ताप्लेजुङ पुगेको केही समयमा नेम्वाङलाई ब्रेन स्ट्रोक भएको थियो। उनलाई हेलिकप्टरमार्फत त्यसै दिन ल्याएर मेडीसिटी अस्पतालमा उपचार चलिरहेको उनले बताएकी छन्। 

‘उहाँको स्वास्थ स्थितिबारे बुझ्न मलाई धेरै फोन र म्यासेज आइरहेका छन् तर मैले रेस्पोन्स गर्न सकिरहेको छैन’, उनले भनेकी छन्, ‘हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। डाक्टरको सल्लाहअनुसार बाहिरी संक्रमणबाट जोगाउन परिवारका सदस्यबाहेकलाई भेटघाट नगराउनु भन्ने निर्देशन आएकोले केही समय भेटघाट गराउन नसकिने व्यहोरा अवगत गराउन चाहन्छु।’

नेम्वाङको सेन्स (चेत) पनि राम्रो हुँदै गएको नेम्वाङका स्वकीय सचिव गणेश योञ्जनले बताएका छन्। तर शरीरको दायाँ भाग नचलिरहेको  उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad