ग्लोबल


यमनको तटनजिकै अर्को कार्गो जहाजमा आक्रमण

यमनको तटनजिकै अर्को कार्गो जहाजमा आक्रमण

प्रतिकात्मक तस्बिर


नेपालखबर
माघ २३, २०८० मंगलबार १३:३९, काठमाडौँ

यमनको तट नजिकै अर्को व्यापारिक जहाजमा आक्रमण भएको छ।

बीबीसीका अनुसार त्यहाँको एउटा कार्गो जहाजमा ड्रोनले आक्रमण गरेको एक सुरक्षा फर्मले जनाएको छ। यो जहाज बेलायती कम्पनीको हो।

जहाजमा सामान्य क्षतिको खबर पनि आए पनि यात्रा जारी राखेको छ।

अर्को घटनाका सन्दर्भमा अमेरिकी सेनाले आइतबार हुथी विद्रोहीहरूले प्रहार गरेका दुई ड्रोनविरुद्ध सुरक्षामा आक्रमण गरेको बताएको छ।

हुथी विद्रोहीहरूले यमन नजिकैबाट गुज्रिरहेका जहाजहरूलाई लगातार निशाना बनाएका छन्।

गाजामा इजरायलले गरेको कारबाहीको जवाफस्वरूप आफूले यी आक्रमण गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad