समाज


काठमाडौंका सडक उज्यालो बनाउँदै बालेन्द्र, १ हजार २६ स्मार्ट लाइट जडान

काठमाडौंका सडक उज्यालो बनाउँदै बालेन्द्र, १ हजार २६ स्मार्ट लाइट जडान

नेपालखबर
माघ २२, २०८० सोमबार १६:३९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ। महानगरले पुरानासंगै नयाँ पोल राखेर बत्ति जडान गरेको हो।

महानगरका अनुसार  पुराना पोलमा केही बत्ती राख्दा प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल राखिएको छ। नयाँ १७७ वटा पोल प्रयोग भएका छन्।  

महानगरले महाराजगञ्ज– लैनचौर– जमल खण्डमा ३१८ वटा जडान गरेको छ। महानगरका मेयर बालेन्द्र शाहले यो कार्यलाई प्राथमिकतामा राखेका छन्। 

महाराजगञ्जको प्रहरी तालिम केन्द्र– बालुवाटार–नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल– बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरिएका हुन्।

महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको छ। पौडेलका अनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .