ad ad

समाज


कास्की प्रहरीले बुझायो हराएका मोटरसाइकल र मोबाइल

कास्की प्रहरीले बुझायो हराएका मोटरसाइकल र मोबाइल

वाशुदेव मिश्र
असार १५, २०७६ आइतबार १२:५८,

कास्की प्रहरीले विभिन्न समयमा हराएको सूचना अनुसार फेला परेका ४ वटा मोटरसाइकल र एउटा स्कूटर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीका अनुसार प्रहरीले विभिन्न समयमा चोरी भएका र प्रहरीको अनुसन्धान टोलीले पत्ता लगाएका विभिन्न ब्राण्डका १० थान मोबाइल पनि सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

उनका अनुसार प्रहरीले ग १६ प ८५५९ स्कुटरसहित ग १० प ४६४८, ग १ प ३०६५, ग ३ प ६५२६ र ग ३ प ३०६८ नम्बरका हराएका मोटरसाइलहरु हस्तान्तरण गरिएको हो। 

mobile1

कास्की प्रहरीले हरेक महिनाको १ र १५ गते हराएका वा चोरी भएर प्राप्त भएका सामान सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने तालीका समेत बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .