समाज


त्रिभुवन विमानस्थलमा रोएको देश (फोटोफिचर)

त्रिभुवन विमानस्थलमा रोएको देश (फोटोफिचर)

नेपालखबर
माघ २०, २०८० शनिबार १२:२४, काठमाडौँ

विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन। तर कामकै खोजीमा विदेश भौतारिनुपर्ने भनेको देशका लागि राम्रो कदापि हुन सक्दैन। नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरुको संख्या ठूलो छ। धेरैजसो नेपालीहरु स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन्। कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा विदेशिन बाध्य छन्। 

यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरुको क्रन्दन र रोदन हेरे/सुने पुग्छ। आफ्नो परिवारलाई राम्रो, खुसी र सुखीसँग पाल्ने अनि आफ्नो जीवन बनाउने सपना पोल्टामा बोकेर विदेशिएका कतिपय नेपाली त उतै अस्ताउँछन्। त्यतिमात्रै होइन, शव ल्याउन पनि लाशमाथिको राजनीति सुरु हुन्छ। सीप सिकेर गएकाहरुले केही काम गर्न सक्छन्। तर सीप सिकेर विदेश नगएकाहरु कामै नपाउँदा समेत स्वदेश फर्किन चाहेर पनि सक्दैनन्। 

यता साहुको ऋणमाथि ऋण थपिएको बोझले कतिपय गलत काम गर्न बाध्य हुन्छन्। यस्ता धेरै उदाहरण र भोगिसकेका घटना हाम्रै देश र समाजका हुन्। यो तीतो यथार्थलाई कहिल्यै नजिकबाट नियाल्न नसक्ने नेताहरु अझै पनि स्वदेशमै रोजगारी दिन्छौँ भन्न लाज मान्दैनन्। बोली पूरा गर्न त परको कुरा बोलेको दुई दिनमै बिर्सिहाल्ने बानी नेतृत्व वर्गमै छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ। तर मान्छेको साथमा वास्तवमा देश दुख्छ र रुन्छ। देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ, देख्छ न त नजिकबाटै नियाल्छ। न त रोएको देशलाई कहिल्यै मल्हमपट्टी लगाउने बारेमा ध्यान दिन्छ। जे हुन्छ, आज हुन्छ, भोलि बिर्सिसक्छ। त्यसैले होला- भोलिका कर्णधार आज आफ्नो आँशु झारेर भए पनि आफ्नो भविष्य सुरक्षित राख्न विदेशिएका छन्। परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एकपटक रुवाएर र आफू रोएर भएपनि विदेश जाँदैछन्। किन पनि भने भोलिका यो देशका भविष्यहरु आफ्नो देशमा आफ्नै भविष्य सुरक्षित देख्दैनन्। नेताहरु नै दुई थरिका कुरा गर्छन्। सरकारमै रहेका मन्त्रीहरु एकातिर स्वदेशमै रोजगारी दिनेकुरा गरिरहेका हुन्छन् भने अर्को ठाउँमा दक्ष जनशक्ति पठाउने भनेर श्रम सम्झौता गरेर हिँडिरहेका छन्।

चिकित्सक, नर्स, श्रमीकहरुका लागि सम्झौता गर्दै गइरहेका घटना केही महिनाअघिका सरकारका कामले नै देखाउँछन्। समग्रमा भन्दा आज देशको भविष्य रोएको छ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकारलै कैद गरेका देश दुखेको कथा आजको फोटो फिचरमा-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad