ad ad

समाज


नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै, कस्तो रहला आजको मौसम?

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै, कस्तो रहला आजको मौसम?

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०८० शनिबार ६:५५, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।

यतिबेला (शनिबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मूख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी  भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। आज कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाको छ। 

राति सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ भने कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि र पर्सी कस्तो रहला मौसम? हेरौँ पूर्वानुमान महाशाखाको अनुमान

२०८० माघ २१ गते (आइतबार)

दिउँसो: देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० माघ २२ गते (सोमबार)

दिउँसो: कोशी प्रदेश लगायत देशको बाँकी प्रदेशहरुको पहाडी भू-भागमा आन्शिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति​ : देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ। साथै कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले  दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .