खेल


भारतसामु निरीह सावित भए नेपाली ब्याटर, ९ रन जोड्दैमा गुम्यो ५ विकेट

भारतसामु निरीह सावित भए नेपाली ब्याटर, ९ रन जोड्दैमा गुम्यो ५ विकेट

तस्बिरर : क्यान नेपाल


नेपालखबर
माघ १९, २०८० शुक्रबार २०:३०, काठमाडौँ

आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सअन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाएको छ।

६८ रन हुँदा २ विकेट गुमाएको नेपालले त्ययता ९ रन जोड्दा अरु ५ विकेट गुमाइसकेर संकटतर्फ गएको छ।

नेपालले खेलको २२ औँ, २३ औँ, २४ औँ र २५ औँ, २६ औँ ओभरमा दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ विकेटका रुपमा उत्तम मगर, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपक डुम्रे र गुल्शन झालाई गुमाएको छ।

पछिल्लो पटक २७ औँ ओभरको पाँचौँ बलमा दीपेश कँडेल पनि स्टम्पिङ भएर शून्यमै आउट भएका छन्। 

यसअघि भारतविरुद्ध सातौँ क्रममा आएका गुल्शन १ रन बनाउँदै बोल्ड हुन पुगे। यसअघि भारतविरुद्ध बलिङका क्रममा ३ विकेट लिएका ब्याटमा भने लगातार फ्लप सावित भए।

नेपाली सिनियर टोलीका सदस्य उनको जारी विश्वकपमा ब्याटिङ चल्न सकेन। उनले सबैजसो खेलमा दोहोरो स्कोर पनि गर्न सकेनन्।

शुक्रबार भारतविरुद्धको खेलमा उनी २६ औँ ओभरको दोस्रो बलमा बोल्ड आउट हुन पुगेका छन्। 

यससँगै उनको युवा टोलीसँगको विश्वकप यात्रा बिर्सनलायक सावित भएको छ। नेपालले भारतसँगको खेलसँगै आफ्नो विश्वकप यात्रा पनि टुंग्याउँदैछ। 

नेपालले २४ औँ ओभरको छैटौँ बलमा दीपक डुम्रेलाई शून्यमै गुमाएको थियो। 

त्यसअघि नेपालले २३ औँ ओभरमा लगातार २ विकेट गुमाएको थियो। २३ औँ ओभरको छैटौँ बलमा विशालविक्रम केसी १ रनमै आउट भए।

त्यसअघि २३ औँ ओभरको पहिलो बलमा ओपनर अर्जुन कुमाल पाण्डेको बलमा बोल्ड भए। यससँगै नेपालले ५ विटेक गुमाएको छ।

कुमालले लामो समय क्रिजमा टिकेर ६४ बलमा २६ रन बनाएका थिए। उनले आफ्नो पारीमा ३ चौका पनि हाने।

त्यसअघि नेपालका तेस्रो क्रमका ब्याटर उत्तम मगर केबल ८ रनमै आउट भए। उनी २१ औँ ओभरको क्याच आउट हुन पुगे।

त्यसपहिले नेपालका ओपनिङ ब्याटर दीपक बोहोरा १३ औँ ओभरको दोस्रो बलमा क्याच एन्ड बोल्ड भएका थिए। 

उनले ४२ बलमा २२ रन बनाउन सके। बोहोराले आफ्नो पारीमा ३ चौका पनि हाने 

भारतविरुद्धको पहिलो पावर प्लेमा नेपालले विकेट नगुमाई सम्हालिएर खेलेको थियो। तर त्यसयता नेपालले ३ विकेट गुमाइसकेको छ। पावर प्लेमा नेपालले बिनाक्षति ३९ रन बनाएको थियो। 

नेपालका लागि ओपनरहरू अर्जुन कुमाल र दीपक बोहोराले सम्हालिएर खेल्दै स्कोर ५० रन पुर्‍याउन लाग्दा बेला पहिलो विकेट गएको थियो।

ओपनरहरूले ४८ रनको साझेदारी गरे पनि त्यसयताका ब्याटरहरूलाई भारतको कसिलो बलिङसामु टिक्न गाह्रो भएको छ।

अहिले नेपालका लागि दीपक डुम्रे र कप्तान देव खनाल क्रिजमा छन्। खनालले ९ बलमा ६ रन बनाएर खेलिरहेका छन्। 

नेपालले ताजा अवस्थामा २८ ओभर खेल्दै ७ विकेटको क्षतिमा ७७ रन बनाएको छ।

नेपाल पावर प्लेतर्फ पहिलो बिनाक्षति अघि बढेको थियो। यसअघि न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र पाकिस्तानसँगको सुरुवात नेपालको राम्रो हुन सकेको थिएन। 

यसअघि सचिन दास र उदय सहरनको शतकीय साझेदारीमा भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा छ।

आजको खेलमा भारतले जित निकाले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ। 

यसअघि दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो।

नेपालका लागि भारतविरुद्धको खेल औपचारिकता मात्रै हुनेछ। यसअघि नै सेमिफाइनलको दौडबाट बाहिरिएको नेपालका लागि बलियो भारतविरुद्धको खेल आफ्नो परीक्षण पनि हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad