ad ad

समाज


काका पक्राउ परेपछि सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार थापा

काका पक्राउ परेपछि सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार थापा

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०८० बिहिबार १७:१३, काठमाडौँ

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा हडपेको प्रकरणमा पक्राउ परेका अजितनारायण थापालाई भेट्न राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थापा बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका काका अजितनारायण थापालाई भेट्न पुगेका हुन्। 

बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी र थापालाई पक्राउ गरेर सीआईबीले अदालतमा उपस्थित गराइसकेको छ। 

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा निजी कम्पनीमा लैजाने गरी निर्णय गर्दा थापा तत्कालीन अवस्थामा कार्यकारी प्रमुख थिए।

धनकुटाको मुगा घर भएका अजित सुनिलका काका हुन्। उनै काकालाई भेट्न पुगेका सल्लाहकार थापा त्यत्तिकै फर्किएका छन्। 

थापाले काकालाई भेट्न गए पनि सीआईबीले अदालत लगिसकेकाले भेट सम्भव नभएको बताएका छन्। 

जग्गा हिनामिना प्रकरणमा प्रहरीले बिहीबार अपरान्ह थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .