काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ त्रिवेणी चोकस्थित एक सुपरमार्केटभित्र जुवाखाल जमाइरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
मंगलबार राति पौने ९ बजेको समयमा त्रिवेणी चोकस्थित उक्त सुपरमार्केटभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको हो।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार प्रहरी चौकी नाला र इलाका प्रहरी कार्यालय बनेपाको टोलीले जुवाखालबाट ११ जनालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरी टोलीले १ लाख ८४ हजार ६४० रुपैयाँ र तीन बुक तास पनि बरामद गरेकव छ। उनीहरू सबैलाई अहिले इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखिएको छ।
168
Shares
प्रतिक्रिया