दुई/तीनयता देशभर चिसो बढेको छ। आइतबार काठमाडौँ उपत्यकाको तापक्रम २.१ डिग्रीसम्म झरेको थियो। तर आज उपत्यकाको तापक्रम अलिकता उक्लिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बताउँछन्।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज (सोमबार) आइतबारभन्दा प्वइन्ट ९ डिग्री सेल्सियस बढेर ३ डिग्री सेल्सियसमा उक्लिएको हो।
‘सबैभन्दा चिसो महिना जनवरीलाई मानिन्छ’, उनले भने, ‘अब १/२ दिन तापक्रम यही सेरोफेरोमा रहने देखिन्छ, त्यसपछि विगतको तथ्यांकअनुसार अब तापक्रम बिस्तारै बढ्नेतिर जान्छ।’
मौसमविद् अधिकारीका अनुसार अंग्रेजी महिनाहरू डिसेम्बर, जनवरी र फेब्रुअरीलाई विन्टर सिजन अर्थात् जाडोयाम मानिन्छ। यस आधारमा विन्टर सिजन ३ भागमा एक भाग सकिसकेको छ।
‘अब बाँकी फेब्रुअरी मात्र हो’, उनले भने, ‘हाम्रो ३० वर्षको आँकडाले फेब्रुअरीबाट तापक्रम बिस्तारै बढ्नेतिर जाने देखाउँछ।’
Shares
प्रतिक्रिया