समाज


८ हजार रुपैयाँ घुस लिएको आरोपमा असइविरुद्ध मुद्दा दायर

८ हजार रुपैयाँ घुस लिएको आरोपमा असइविरुद्ध मुद्दा दायर

नेपालखबर
माघ १४, २०८० आइतबार १९:४०, काठमाडौँ

प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

असइ भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस लिएको अख्तियारले जनाएको छ।

सो सम्बन्धी सूचनाका आधारमा आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले भण्डारीलाई सेवाग्राहीबाट आठ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पुस २५ गते नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .