ad ad

समाज


नक्कली प्रमाणपत्र देखाएर डाक्टर बनेको आरोपमा एकजना पक्राउ

नक्कली प्रमाणपत्र देखाएर डाक्टर बनेको आरोपमा एकजना पक्राउ

नेपालखबर
माघ ८, २०८० सोमबार २०:४१, काठमाडौँ

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर चिकित्सक बनेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

डा एस.भट्ट आचार्य भन्ने सम्बुद्व भट्टाचार्यलाई प्रहरीले पक्राउ गरेको हो।

उनी विगत ३ वर्षदेखि काठमाडौं उपत्यकाको विभिन्न पोलिक्लिनिकहरुमा कार्यरत थिए।

आफूले चीनबाट एमबीबीएस गरी टिचिङ अस्पतालमा काम गर्ने बताएर विभिन्न व्यक्तिहरुको एनएमसी नम्बर प्रयोग गरी नेपाल चिकित्सक संघ र त्रिवि शिक्षण अस्पतालको एनएमसी कार्ड डुप्लिकेट बनाइ पोलिक्लिनिकहरूलाई बिरामीको ईलाज गरेको प्रहरीको आरोप छ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले उनको निगरानी राखी खोजतलास गर्ने क्रममा माघ ७ गते साँझ बसुन्धारास्थित धौलागिरी हिमाल पोलिक्लिनिक प्रालिबाट पक्राउ गरेको हो।

उनलाई ईलाज सम्बन्धी कसुर र लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ।

उनले प्रयोग गरेको एनएमसी नम्बर उल्लेखित प्रमाण पत्र  नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरी बुझ्दा उक्त प्रमाण पत्र मेडिकल काउन्सिलबाट जारी नभएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .