समाज


१० महिनामा लोक सेवाका ६ परीक्षा पास गर्ने छाया

१० महिनामा लोक सेवाका ६ परीक्षा पास गर्ने छाया

छाया जैसी


नेपालखबर
माघ ६, २०८० शनिबार १३:३२, काठमाडौँ

बाजुराको बुढीगंगा नगरपालिका–६ माल्ताकी छाया जैसीले १० महिनाभित्र लोक सेवा आयोगका ६ वटा लिखित परीक्षा पास गरेकी छन्। 

देशकै विकट जिल्ला बाजुराको विकट भानुदोय माविबाट एसईई उत्तीर्ण जैसीले २०८० वैशाखयता  लोकसेवा आयोगका ६ वटा लिखित परीक्षामा सफलता प्राप्त गरेकी हुन्। 

चारवटा मौखिक परीक्षाफल आउन बाँकी रहदा जैसीले कोशी प्रदेशमा लोक सेवा उत्तीर्ण भएर उदयपुरको ताप्ली गाउँपालिकामा सेवासमेत दिन थालिसकेकी छन्।

कक्षा १ देखि १२ सम्म भानुदय माविमै पढेकी छायाले सोही विद्यालयबाट कृषि प्राविधिक अध्ययन गरेकी थिइन्। छायाका सात दिदीभाइ छन्। जसमध्ये उनी चौथो सन्तान हुन्। 

भेटरिनरी चौथो तहमा कोशी प्रदेशबाट सिफारिस छायाले लोकसेवा आयोगको पहिलो परीक्षा कर्णाली प्रदेशबाट पास गरेकी हुन्। गत वैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकाले पनि मौखिकपछि नाम वैकल्पिकमा मात्रै निस्कियो। लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते नतिजा आएर सिफारिस भइन्।

त्यसपछि पुस २५ गते लुम्बिनी प्रदेशमा भेटेरिनरी चौथो तह, पुस ९ गते संघीय लोकसेवा आयोग पाँचौँ तह, पुस ३ गते बागमती प्रदेशमा पाँचौँ तह र असोज १४ गते सुदूरपश्चिम प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी हुन्। चार परीक्षाको मौखिक परीक्षाफल आउन बाँकी छ। छाया सबै परीक्षामा पास हुनेमा विश्वस्त छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad