ad ad

समाज


कर्मचारी निलम्बनबारे बालेन्द्रको जवाफ : अहिले नै हामी न्यायाधीश नबनौँ

कर्मचारी निलम्बनबारे बालेन्द्रको जवाफ : अहिले नै हामी न्यायाधीश नबनौँ

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०८० बुधबार १७:९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिबाट निलम्बनमा परेका कर्मचारीबारे अहिले नै न्यायाधीश बन्न नहुने बताएका छन्। 

बुधबार बसेको नगरसभाको १४ औँ अधिवेशनमा नगरसभा सदस्यले कर्मचारी निलम्बनबारे जानकारी माग गरेपछि उनले सो जवाफ दिएका हुन्। 

नगरसभा बैठकमा वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकारले कर्मचारीको निलम्बनबारे जानकारी कहाँ बाट पाउने? भन्दै प्रश्न गरेका थिए। 

लगत्तै मेयर शाहले अहिले समितिले रिपोर्ट तयारीको काम गरिरहेको भन्दै उक्त विषय त्यहीँ छाड्न आग्रह गरे। 

‘कर्मचारीको विषयमा समितिले रिपोर्ट तयार पारिसकेको छैन। अदालतमा पनि मुद्दा छ,’ मेयर शाहले भने, ‘त्यसकारण अहिले त्यसलाई त्यहाँ नै छाडिदिऊँ। हामी नै न्यायाधीश नबनौँ अहिलेलाई। ’

महानगरपालिकाले मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेको थियो। 

नगरसभाको २३ औँ बैठकमा भएको निर्णय उल्ट्याएको पाइएपछि ती कर्मचारीहरू निलम्बनमा परेका थिए।

 २३ औँ नगरसभा बैठकले महानगरपालिकाको १८ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँचजना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। 

उक्त निर्णय प्रमाणीकरण हुँदा एक जनाको संख्या थप भएको पाइएपछि मेयर शाह आफैँले यसबारे चासो राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .