हिजो अनमोल केसीको मुख्य भूमिकाका बनिरहेको फिल्म ‘फर्की फर्की’ मा सलोन बस्नेतको इन्ट्रीको खबर चर्चामा छायो।
यसैबीच ‘फर्कीफर्की’को सुटिङ सेटबाट एक तस्बिर बाहिरिएको छ।
जसमा अनमोल र सलोनसहित अर्का अभिनेता सलिनमान बानियाँलाई देख्न सकिन्छ। जुन फोटोले कतै सलिनमान पनि फिल्ममा देखिने लागेका त होइनन्? भन्ने कौतहल्ता पैदा गरेको छ।
तर, निर्माता रोहित अधिकारीले यस फिल्ममा सलिनमान अनुबन्धित नभएको प्रष्ट पारे। सलिनमान अनमोल र सलोनसँग निकट छन्। साथी भएकाले सलिनमान सुटिङ सेटमै भेट्न पुगेको निर्माता अधिकारीले बताए।
हाल सुयोग गुरुङ निर्देशित यस फिल्मको दोस्रो चरणको सुटिङ ठमेलमा भइरहेको छ। हिजोको नाइट सुटिङमा त्यहाँ पुगेका सलिनमान रातभर अनमोल र सलोनसँगै थिए।
यस फिल्ममा नभए पनि आगामी फिल्ममा तिनैलाई लिएर फिल्म बनाउने सोचिरहेको निर्माता अधिकारीको भनाइ छ।
‘यात्रा’ बाट नेपाली सिनेजगतमा देखिएका सलिनमान अहिले रेस्टुरेन्ट व्यवसायमा सक्रिय छन्।
Shares
प्रतिक्रिया