ad ad

समाज


चीन जोड्ने सडक खन्ने क्रममा झरेको पहिरोमा एकको मृत्यु, दुईजना घाइते

चीन जोड्ने सडक खन्ने क्रममा झरेको पहिरोमा एकको मृत्यु, दुईजना घाइते

नेपालखबर
माघ २, २०८० मंगलबार १२:४१, काठमाडौँ

दोलखाको लामाबगरबाट चीन जोड्ने सडकको नयाँ ट्रयाक खन्ने क्रममा माथिबाट सुख्खा पहिरो झर्दा एकजना मजदुरको ज्यान गएको छ।

दोलखाको बिगु गाउँपालिका-१ देउरालीमा नासा हाइड्रोपावरले लामाबगरबाट चीन जोड्ने सडकको ट्रयाक खन्ने क्रममा माथिबाट सुख्खा पहिरो झर्दा २२ वर्षीय कुसङ तामाङको ज्यान गएको हो। उनी बिगु गाउँपालिका-१ कै बासिन्दा हुन्। 

पहिरले हाइड्रोपावरका कामदारहरू पुरिएको खबर प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली
सोमबार दिउँसो उद्धारमा खटिएको थियो। 

पहिरोमा पुरिएका सबै कामदारको सुरक्षाकर्मीले उद्धार गरे पनि एकजनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। 

घटनामा बिगु गाउँपालिका-१ निवासी दिल कुमार तामाङको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

उता उक्त घटनामै बिगु-१ कै ५८ वर्षीय रसमान तामाङको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ। उनी पनि बोल्न नसक्ने अवस्थामा छन्। तामाङ पनि गम्भीर घाइते रहेका छन्। 

दुवैजना घाइतेलाई उपचारको लागि लैजान काठमाडौंबाट हेलिकप्टर झिकाइएको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .