ad ad

समाज


बम्जनविरुद्ध बारामा बेपत्ता र हत्या आरोपमा थप दुई जाहेरी

बम्जनविरुद्ध बारामा बेपत्ता र हत्या आरोपमा थप दुई जाहेरी

नेपालखबर
पुस २९, २०८० आइतबार २०:५६, काठमाडौँ

जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका रामबहादुर बम्जनविरुद्ध प्रहरीमा थप दुईवटा जाहेरी परेका छन्।

बम्जन पक्राउ परेसँगै जिल्ला प्रहरी कार्यालय बारामा एकजनालाई बेपत्ता बनाएको र अर्का व्यक्तिको हत्या गरेको आरोपमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेले बताए।

निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सिमरा उप महानगरपालिका–१५ वडहर्वाका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता बनाएको भन्दै जाहेरी परेको हो।

आलेका परिवारले दिएको जाहेरीमा अपहरणपछि आलेलाई बेपत्ता बनाएको आरोप छ। आले २०७२ जेठपछि सम्पर्कविहीन भएको उनीहरुले दाबी गरेका छन् ।

यस्तै सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिता बोटको हत्या गरेको आरोप छ।

बोटको हत्या बाराको आश्रममा गरेको जाहेरीमा उल्लेख छ। दुवैका परिवारले बम्जनविरुद्ध किटानी जाहेरी दिएपछि प्रारम्भिकक अनुसन्धान गरिरहेको एसपी काफ्लेले बताए।
यसअघि २०७५ सालमा पनि उनीहरुले खोजतलासका लागि निवेदन दिएका थिए।

बम्जनविरुद्ध यसअघि ४ जना व्यक्ति बेपत्ता बनाएको तथा एक जनालाई जबर्जस्ती करणी गरेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .