ad ad

समाज


अपडेट : भालुवाङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

अपडेट : भालुवाङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

नेपालखबर
पुस २८, २०८० शनिबार ५:५, दाङ

दाङको भालुवाङमा एक यात्रुबस राप्ती नदीमा खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

इलाका प्रहरी कार्यालय भालुवाङका
अनुसार शनिबार बिहान पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तर मृतकहरूको पहिचान खुल्न सकेको छैन। सबै शवलाई लमही अस्पताल पठाइएको छ 

दुर्घटनामा घाइते २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको छ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रु बस शुक्रबार राति साढे १० बजेतिर देउखुरीको भालुवाङस्थित राप्ती नदीमा खसेकको हो।

उक्त दुर्घटनामा हालसम्म १२ जनाको मुत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिए।

घटनास्थलबाट डोजरको सयोगमा ७ जनाको शव निकालिएको छ। सुरूमा ५
जनाको शव झिकिएको थियोे।

२३ जना घाइतेहरूलाई तत्कालै भालुवाङ प्रस्तावित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। 

बसमा करिब ३५ जना यात्रु सवार रहेको हुनसक्ने प्रहरी प्रमुख सिंहले बताएका छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन। तर तीव्र गतिले बस पुलबाट खसेको अनुमान प्रहरीले गरेको छ।

घटनास्थलमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र भालुवाङका स्थानीय रातभर उद्धारमा जुटेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .