ad ad

समाज


मुख्य रजिस्ट्रार र रजिस्ट्रारको बढुवा नियुक्ति, यी हुन् अदालतसम्बन्धी मन्त्रिपरिषद्का ५ निर्णय

मुख्य रजिस्ट्रार र रजिस्ट्रारको बढुवा नियुक्ति, यी हुन् अदालतसम्बन्धी मन्त्रिपरिषद्का ५ निर्णय

नेपालखबर
पुस २५, २०८० बुधबार १७:२७, काठमाडौँ

मन्त्रिपरिषद्ले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा न्याय परिषद्का सचिव देवेन्द्रराज ढकाललाई बढुवा गरेको छ। साथै, उनलाई नियुक्ति र पदस्थापन पनि गरेको छ।  

नेपाल न्याय सेवा आयोगको सिफारिसमा राजपत्राङ्कित विशिष्ट श्रेणीका न्याय परिषद्का सचिव देवेन्द्रराज ढकाललाई नेपाल न्याय सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालको मुख्य रजिस्टार पदमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

योसँगै न्यायपालिकासँग सम्बन्धित ५ निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

यस्तै न्याय सेवा आयोगको सिफारिसमा सर्वोच्च अदालतमा कार्यरत सहरजिस्टार विमल पौडेललाई सर्वोच्च अदालतको रजिस्टार पदमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने मन्त्रिपरिषद्को निर्णय छ।

यस्तै न्याय सेवा न्याय समूहका ५ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतलाई सरुवा पनि गरिएको छ।

राजस्व न्यायाधीकरणमा कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुर इजलासका न्यायाधीश टंकप्रसाद गुरुङलाई तोक्ने निर्णय पनि सरकारले गरेको छ। यसअघि न्याय परिषदले यस निर्णयका लागि परामर्श दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .