ad ad

समाज


दुरुपयोग रोक्न त्रिविका गाडीमा स्ववियुले टाँस्यो विश्वविद्यालयको लोगो

दुरुपयोग रोक्न त्रिविका गाडीमा स्ववियुले टाँस्यो विश्वविद्यालयको लोगो

नेपालखबर
पुस २५, २०८० बुधबार १७:४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका गाडीहरूमा स्वतन्त्र विद्यार्थी युनियनले लोगो टाँस्ने अभियान चलाएको छ।

त्रिविका पदाधिकारी तथा शाखा प्रमुखहरूले लोगो नराखी चलाएका गाडीमा स्वतन्त्र विद्यार्थी युनियनले लोगो टाँस्ने अभियान चलाएको हो।

यसलाई लिएर त्रिविले पटक पटक आपत्ति जनाउँदै आएको थियो। 

'सरकारी गाडीहरु निजी जस्तो चलाउनु ठिक होइन', त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले भने, 'स्टिकर भएपछि निजिी कामका लागि प्रयोग गर्न पाइँदैन। त्यसैले लोगो टाँस्नुपरेको कुरा हो।' 

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप, राजनीतिक भागबन्डा र सेवामा ढिलासुस्ती अन्त्य मागसहित स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित छ।

स्ववियुले बितेका १५ दिनदेखि विभिन्न शैलीमा आन्दोलन चलाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .